सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर
काठमाडौं,२६ मंसिर । बुधवार सुनको मूल्य पुनः बढेको छ । आज पनि नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदीको मुल्य भने बुधबार यथावत रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि चाँदी सोही रकममा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्