सुन र चाँदीको मूल्यमा बढ्यो

कठमाडौं,२५ मंसिर । मंगलबार सुन र चाँदी दुबै धातुको मूल्य बढ्को छ । आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलाको ६० रुपैयाँले बढेको छ । आजको चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्