सुनचाँदी दुबै धातुको मूल्य सामान्य बढ्यो
काठमाडौं,१९ मंसिर । साताको चौथो दिन सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधवार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्