सुनचाँदी दुबै धातुको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
काठमाडौं १८, मंसिर । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्