नेपाल बैंक र सिद्धि पोली प्याथल्याबबीच विशेष छुट प्रदान गर्ने सम्झौता
काठमाडौं, २४ मंसिर । नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल बैंक लिमिटेड र काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याबबीच १२ गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याब प्रालिको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने दष्यअजझष्कतचथ, जझबतययिनथ, भलमयअचष्लययिनथ, mष्अचयदष्ययिनथ, ष्लाभअतष्यगक मष्कभबकभ, जभउबतष्तष्क, ज्क्ष्ख्, त्इच्ऋज् उबलभकि, कभचययिनथ, यलअययिनथ, भ्ऋन्, भ्ऋज्इ तभकत, म्ष्नष्तब िह्(चबथ, ग्तिचबकयगलम जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्