यूनाइटेड सिमेन्ट्सद्वारा विद्यालयमा शैक्षिक सामग्री वितरण

काठमाण्डौ । के. एल. दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले धादिङ्गको धुनिवेशी नगरपालिका अन्तर्गत विभिन्न स्थानीय विद्यालयहरुका सम्पूर्ण विद्यार्थीहरुलाई सहयोग स्वरुप विविध शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
धुनिवेशी नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने मनसायले यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।

गुणस्तरीय शिक्षा हरेक बालबालिकाको नैसर्गिक अधिकार भएता पनि विविध समस्याका कारण वर्षेनी सया“ै बालबालिकाहरुले वीचमै अध्ययन छोड्नु पर्ने वाध्यता छ । यही समस्यालाई मध्यनजर गर्दै केही हदसम्म भएपनि सहयोग पुर्याउने र अभिभावकहरुमा जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने सोचकासाथ अघि बढेको यूनाइटेड सिमेन्ट्सले विगतका दिनहरुमा पनि यस्ता धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । गत वर्ष पनि यस कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो । आगामी दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक कार्यहरु गर्ने प्रतिवद्धता कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्