प्रधानमन्त्रीको घुँडामा भ्वाङ पर्यो भनेर सोध्न पाउने कि नपाउने ?: कांग्रेस नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको प्रसङ्ग निकाल्दै हिजो राष्ट्रवादको जिम्मा लिएको दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली आज नाङ्गै हिँडेको आरोप लगाएका छन्। सरकारले मोदीको स्वागतमा अनावश्यक चाकडी गरेको समेत बताए।

संसदमा बोल्दै थापाले भने ‘हिजो अरूलाई कुरीकुरी गर्नुभएको थियो । आज आफैं नाङ्गै हिड्नुभएको हामीले देखाउनुपरेको छ।’

थापाले भारतले अब कहिल्यै नाकाबन्दी लगाउँदैन भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमाथि उनले प्रश्न उठाउँदै प्रधानमन्त्रीको ‘घुँडामा भ्वाङ पर्यो भनेर सोध्न पाउने कि नपाउने ?।’

थापाले भारतीय प्रधानमन्त्री नेपालमा तीर्थ यात्राका लागि आएका कारण तीर्थयात्रा सफल भएको बताए । विश्वासको मत लिँदै गर्दा गर्जिएको प्रधानमन्त्री । हिजो (संसदमां) शब्द खोज्दै गरेको प्रधानमन्त्री’, उनले भने, ‘सुशील कोइरालालाई लम्पसारवादी भन्ने अडानले नाकाबन्दी लाग्यो । अहिले सत्तासिन सांसदले सुरक्षा दिन सकेन भन्नु भएको छ । भारतीय राष्ट्रपति आउँदा उहाँले तामझाम हेर्दा लम्पसारवादी लागेको छ भन्नु भएको थियो । पहिला घुँडामा घाउ भयो भन्नु भएको थियो । हिजो भारतको जिम्मा लिएर बोल्दा घुँडामा भ्वाङ पर्‍यो भन्न पाउने कि नपाउने ?।’

हिजो भारतीय दूतावास अगाडि गएर एमालेले प्रदर्शन गर्न पाउने, अहिले पार्टी कार्यालयमा ब्यानर राख्न पाउने कि नपाउने ?

प्रतिक्रिया दिनुहोस्