रैराङ हाइड्रोपावरको आईपीओ आजबाट खुल्ला

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सोमबारबाट आइपिओ बिक्रीमा आएको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्यमा कर्मचारी र सर्वसाधारणलाई आइपिओ निष्काशन गरेको हो ।

कम्पनीको सेयर बिक्री तथा निष्काशनका लागि एनआइबिएल एस क्यापिटल लिमिटेडका रहेको छ । ८ लाख ४० हजार कित्ता सेयरमध्ये ३३ हजार ६ सय कित्ता संस्थाका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले ७ लाख ६४ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

आइपिओमा वैशाख ३१ गतेदेखि छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म आवेदन गर्न पाईनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि अधिकतम ४ हजार २ सय कित्ता अर्थात चार लाख २० हजार रुपैयाँसम्मको आवेदन दिन पाउने छन ।

लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लाजिम्पाट, रैराङ हाइड्रो डेभलपमेन्ट प्रालि थापाथली र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सि आश्वा मार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो शेयरका प्रयोगकर्ताले घरमै बसी इन्टरनेटको माध्यमबाट आइपिओमा आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्