हिमालयन बैंकले पनि घोषणा गर्यो लाभांश

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १४ गते सम्पन्न ३४९ औं बैठकले २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल  बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड १६लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्