परीक्षा दिन गएकी छात्रालाई खोलाले बगायो, ६ जनाको उद्धार

काठमाडौं । रामेछापमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा परीक्षा दिन गएका विद्यार्थीलाई बगाएको छ ।

मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।

६ जना विद्यार्थीको उद्धार गरिएको छ । बेपत्ता फुँयालको नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

वर्षाले वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

गएराति १२ बजदेखि शुरु भएको वर्षाले मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका हुन् । पहिरोले केही घर र पसलमासमेत क्षति पु¥याएको छ ।

उता, सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–दोभान सडक खण्ड अवरुद्ध भएको छ । सकड अवरुद्ध हुँदा यातायात आवागमन रोकिएपछि यात्रुहरु मर्कामा परेका छन् । अहिले पहिरो पन्छाइदैछ ।

प्रतिक्रिया दिनुहोस्