आज सुन तोलामा ९०० रुपैयाँले बढ्यो

काठमाडौं, ५ मंसिर। अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर वेृद्धि हुँदै गएको छ । बुधबार पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।आज दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो ।

यस दिन चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी यस दिन प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो । केही दिनदेखि सुनको भाउ बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्