ठाउँठाउँमा पहिरो, गाडी चलाउन समस्या ,वर्षा र बदलीको अवस्था अझै केही दिन जारी रहने

काठमाडौं । वर्षा र बदलीको अवस्था अझै केही दिन जारी रहने भएको छ । वर्षा र बदलीको अवस्था अझै केही दिन जारी रहने मौसमविदले बताएका छन् ।

पश्चिमी भूभागबाट प्रवेश गरेको मौसमी प्रणालीका कारण देशका सबैजसो क्षेत्रमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आज दिनभर पनि पानी पर्ने मौसमविद मिनकुमार अर्यालले जानकारी दिए ।

‘दिउँसो एक–दुई घण्टा हल्का खुलेको जस्तो देखिए पनि रातिसम्मै पानी पर्ने देखिएको अर्यालले बताए । भोलि दिउँसोबाट क्रमिक रुपमा सुधार हुनसक्ने उनको भनाई छ । तर पूर्णरुपमा आकाश खुल्न भने अझै केहि दिन लाग्ने उनले बताए ।

पश्चिमी वायुको प्रभावले हाल नेपालको आकाशमा न्यूनचापीय रेखा विकास भएको र त्यसैको कारण पानी परिरहेको मौसमविदहरु बताउँछन् ।

पानी पार्ने बादल पश्चिमबाट क्रमिक रुपमा पूर्वतर्फ सर्दै गएको छ । त्यसैले अहिले मध्य र पूर्वी भागमा पूर्णरुपमा बदलीको अवस्था छ । ठाउँठाउँमा पहिरो जादा गाडी चलाउन समस्या भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्