उद्योगमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

काठमाडौं  । ललितपुरको लुभुमा आइतबार राति आगो लाग्दा २ करोड भन्दा बढीको क्षति भएको छ ।  महालक्ष्मी नगरपालिका ७ चाँगाथली नर्कटेचोकमा रहेको समृद्धि प्रिन्ट एण्ड प्याकिङ उद्योगमा राति १० बजेतिर आगो लागेको जिल्ला प्रहरी प्रभाग लालितपुरले जनाएको छ ।

महालक्ष्मी नगरपालिका–३ का  दिनेश सुवेदीको उद्योगमा आगो लागेको हो । प्रहरीले आगलागीमा २ करोड २० लाख रुपैयाँ बराबरको नोक्सानी भएको जनाएको छ । आगो अहिले निभाइएको छ ।

काठमाडौं र ललितपुरका दमकल तथा प्रहरी र स्थानीययबासिन्दाको सहयोगमा आगो निभाइएको हो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्