राष्ट्र बैंक ५० अर्ब तरलता खिच्दै
काठमाडौं, २ मंसिर। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनका लागि ५० अर्ब तरलता खिच्ने भएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्षको सुरुवातदेखि नै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत निरन्तर तरलता खिचिरहेको छ । ब्याजदर करिडोर कार्यान्वयनका लागि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिन राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । उक्त औजारको सावाँ र ब्याज भुक्तानी २३ मंसिरमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्