आज सुन तथा चाँदीको मूल्य सामान्य घटे

काठमाडौं, २ मंसिर । आईतबार (आज) सुन तथा चाँदीको मूल्य सामान्य घटेको छ । यसदिन सुन प्रतितोला १०० रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँ खरिदबिक्री भएको थियो । दिनप्रतिदिन रेकर्ड राख्दै गएको सुनको मुल्य कृहि महिनादेखि ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्