आज सुनचाँदी दुबै धातुको मूल्यमा भारी गिरावट

काठमाडौं,२९ कात्तिक २९ । बिहीबार सुनचाँदी दुबै धातुको मूल्य घटेको छ । आज सुन तोलाको दुई हजार २०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिनमा सुनको मूल्य निरन्तर रुपमा घटि रहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ९०५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्