सुनको मूल्य सामान्य घट्यो, चाँदी भने बढ्यो
कठमाडौं,२८ कात्तिक । बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्