१५ औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीपमा नेपालले ३ रजत पदक जिते
काठमाडौं, २४ कातिक । माल्दिभ्समा भइरहेको १५ औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा नेपालले ३ रजत पदक जितेको छ। ।
नेपालका तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार रजत पदक जितेका हुन् ।
विश्व बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन्ससँगको सहकार्यमा बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सद्वारा अदु सिटीमा आयोजित भएको प्रतियोगितामा रुजेशले ६० केजी, प्रज्वलले ४० वर्ष माथि र रजनीले ५५ केजी माथि दोस्रो स्थान हासिल गर्दै रजत जितेका छन् ।
प्रतियोगितामा नेपालका ६ खेलाडी सहभागि छन् । जसमध्ये ललित धिमाल, रजित आचार्य र सनम मुलगुठीले शनिबार प्रतिस्पर्धा गर्नेछन् ।,
प्रतिक्रिया दिनुहोस्