सुनको भाउ आज तोलामै ४ हजार रुपैयाँले घट्यो
काठमाडौं,२२ कात्तिक । सुनको भाउ आज एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी निर्वाचित भए संगै सुनको भाउ ओरोलो लागेको छ भने डलर थप मजबुत भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्