सुनको मूल्य सामान्य बढ्यो भने चाँदीको घट्यो

काठमाडौै, २१ कार्तिक । बुधबार सुनको मूल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको हो ।

तिहार अघिको कारोबार कात्तिक १५ गते सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । तिहारपछिको दास्रो कारोबार हुँदा भने छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको हो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर २ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्