बबई गाउँपालिकामा नेपाल बंगलादेश बैंकको शाखा

दाङको बबई गाउँपालिकामा नेपाल बंगलादेशको बैँकको शाखा स्थापना गरिएको छ ।
गाउँपालिकाको केन्द्र हापुरेमा आईतबार एक समारोहकाबीच प्रदेश सांसद उत्तरकुमार वलीले बैंकको ६४औं शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद वलीले बैँकलाई नाबालक बचत खाता संचालन गर्न बैँकको व्यवस्थापन पक्षलाई आग्रह गरे ।
कार्यक्रममा बैँकका शाखा प्रबन्धक स्वाधीनसिंह बस्नेतले आफूहरुले बबई गाउँपालिकामा पनि अन्य शाखा जस्तै सेवा सुविधा दिने बताए । नेपाल बंगलादेश बैँक नेपाल राष्ट्र बैँकबाट क वर्गको मान्यता प्राप्त बैँक हो । गाउँमै बैँक खुलेपछी त्यहाँका सर्वसाधारलाई बैंकीङ कारोबारका लागि तुलसीपुर बजारसम्म जानु पर्ने बाध्यता टरेको छ ।

प्रतिक्रिया दिनुहोस्