जेठ ८ गतेदेखि जोशी हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने

काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीले जेठ ८ गतेदेखि आइपिओ जारी गर्ने भएको छ । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं १, ३ र ४ का वासिन्दाहरुको लागि ३ करोड ७१ लाख ४० हजार रुपैंया बराबरको तीन लाख ७१ हजार चार सय कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो।


कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको आइपिओमा छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

ईच्छुक आवेदकले इलाम जिल्लामा रहेको सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकमार्फत आवदेन दिन सक्नेछन् । उक्त आइपिओमा न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुनेछ । स्थानीयलाई १० प्रतिशत आइपिओ बिक्री गरेपछि सर्वसाधारणलाई ३९ प्रतिशत आइपिओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्