सुनको मूल्यले बुधवार पनि नयाँ रेकर्ड बनायो
काठमाडौं,१४ कात्तिक । हप्ताको चौंथो दिन सुनको भाउ पुनः ऐतिहासिक उचाई कायम गरेको छ । आज सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । यो नै हालसम्मकै सुन उच्च मूल्य हो ।
त्यसैगरि, चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १२० रुपैयाँ कायम भइ कारोबार भइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्