नेपाल कम्प्युनिष्ट पार्टीले गरेको बन्दको सामान्य प्रभाव

काठमाडौं । नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा न्यून देखिएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारीका साधन चलिरहेका छन् ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यका बाहिर पनि सवारीसाधन आवागमनमा खासै असर परेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा भएको सहमति र भारतीय सुरक्षाकर्मीलाई खुलेआम नेपाली भूमिमा हिडडुल गर्न दिएको भन्दै बन्दको आह्वान गरिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्