अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य साढे ४ प्रतिशत भन्दा धेरैले घट्यो
काठमाडौं,१२ कात्तिक । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट आएको छ । सोमबार ब्रेन्ट क्रुड आयलको भाउ ४.५२ प्रतिशतले घटेर ७२.६१ डलरमा झरेको आयल प्राइसले जनाएको छ । त्यस्तै, क्रुड आयल पनि ४.६८ प्रतिशतले घटेर ६८.४२ डलरमा झरेको छ ।
इजरायलले इरानमाथि गरेको प्रतिशोधात्मक आक्रमणले तेहरानको तेल र आणविक संरचनाहरुलाई असर नगरेपछि मध्यपूर्वमा भू-राजनीतिक तनाव केही कम भएको रोयटर्सले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारलाई प्रभाव पार्दै विश्वव्यापी तेल माग वृद्धिमा कमी आउने भविष्यवाणी गरेको छ । खासगरि चीनको मागमा आएको मागमा गिरावटका कारण माग घट्ने अपेक्षाले तेलको मूल्यमा थप दबाब सिर्जना गरेको छ । विश्व तेल बजारले अझै पनि मागको अनिश्चितता र आपूर्तिमा थप अवरोधहरुको सम्भावना जस्ता चुनौतीहरुलाई सामना गरिरहेको छ ।
- एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्