विदेशबाट ल्याइएको मोबाइलमा अब नयाँ व्यवस्था ,यस्तो छ यसको रहस्य
काठमाडौं । व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल दुरसञ्चार प्राधिकरण तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ ।
वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ ।
सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको वा नभएको जानकारी दिने प्राधिकरणले गर्नेछ ।
मोबाइलको आईएमईआई नम्बर लग इन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाईल सेतो वा कालो सूचीमा छ, त्यसको जानकारी उपलब्ध गराउने छ ।
यदि मोबाइलको उक्त नम्बर सूचीमा नभए उक्त मोबाईल अबैध रुपमा वा चोरीका रुपमा भित्रिएको पत्ता लाग्ने छ।
प्रतिक्रिया दिनुहोस्