युनियन लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं । भर्खरै सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सोमबार सम्पन्न कम्पनीको पहिलो साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजीमा सर्वसाधारण समूहका लागि छुट्याइएको ३० प्रतिशतको दरले हुने जम्मा ६४ लाख ५० हजार कित्ता सेयर निश्कासन गर्ने भएको हो ।

साधारणसभाबाट आइपिओको प्रस्ताव पारित भए लगत्तै धितोपत्र बोर्ड तथा कम्पनी रजिष्टार कार्यालयबाट स्वीकृत लिने प्रक्रिया सुरु गरिने कम्पनीले जनाएको छ ।

बिमा समितिको पछिल्लो निर्देशन अनुसार आगामी असार मसान्तभित्रै नयाँ कम्पनीहरुले आइपिओ जारी गरी चुक्ता पुँजी २ अर्ब नघाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्