वीरगञ्जमा अपरिचित समुहद्वारा बसमा आगजनी, बस पूर्णरुपमा जलेर नष्ट

काठमाडौं ।  वीरगञ्ज बसपार्कस्थित एक बसमा अपरिचित समुहले आगजनी गरेका छन्। बीरगञ्ज–ठोरी चल्ने रोयल भिमादको ग१ख ३१४७ नम्बरको बसमा आज बिहान अपरिचित समुहले आगजनी गरेको हो। आगजनीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ।

घटनामा संलग्नको खोजि भइरहेको बीरगञ्ज प्रहरीले जनाएको छ। नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेकाले सोही पार्टीका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको आशंका छ।

प्रतिक्रिया दिनुहोस्