सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउदै निरन्तर उकालोतर्फ

काठमाडौं,७ कात्तिक । बुधबार सुनको मूल्य हालसम्म कै उच्च तहमा पुगेको छ । दिनदिनै बढ्दै गएको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो । आजमात्रै सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६६ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भईरहेको छ ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ३५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

मध्यपूर्व र रसिया युक्रेनबीच भएको युद्धका कारण लगानीकर्ताहरु सबै भन्दा सुरक्षित धातु सुनचाँदी र बहुमूल्य धातु तर्फ आकर्षित भएकाले सुनको मूल्य दिनानुदिन बढिरहेको हो ।

 

प्रतिक्रिया दिनुहोस्