सेयर बजार आज २५.८८ अंक वृद्धि
काठमाडौं, ६ कार्तिक । राजनीतिक उचढचढावले गर्दा नेपाली शेयर बजारमा पनि हलभल भएको छ । अघिल्लो साता केही बढेको मार्केट अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार मंगलबार आज २५.८८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ । नेप्सेका अलवा सबै सेक्टरका सूचक बढे । बजारको अंक बढ्दा कारोबार रकम भने घटेको छ ।
अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा खुम्चियो । १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो ।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १।२५, होटल तथा पर्यटन ०।४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशत बढे ।
रावा इनर्जीको मूल्य ८.८६ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङको ७.८२, थ्रीस्टार हाइड्रोपावरको ६.३६, माहुली लघुवित्तको ६.१० तथा मैलुङखोला जलविद्युतको ६.०९ प्रतिशत मूल्य बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य ४.७५ तथा सिकलेस हाइड्रोपावरको २.५० प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र एसबीआई बैंक क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्