सुनचाँदी दुबै धातुको मूल्य लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,६ कात्तिक । सुनको मूल्य हाल सम्म कै उच्च दरमा कारोबार भएको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर हाल सम्मैकै उच्च दरमा भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको २ हजार १ सय रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्