सुन र चाँदी दुबैको मूल्यमा दिनानुदिन नयाँ रेकर्ड

काठमाडौं,५ कात्तिक । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले निरन्तर पाँचौ दिन नयाँ रेकर्ड बनाएको हो । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, त्यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर दुई हजार ९५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्