शिखर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई ३० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ८१ करोड ७६ लाख ६८ हजार ३०० रुपैयाँ रहेको छ । २९ प्रतिशत बोनस बितरण पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड ४७ लाख ९२ हजार १०७ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्