कोटेश्वर-कलंकीमा पाँच वटा आकाशे पुल बन्दै

काठमाडौं ।  कलंकी कोटेश्वर  सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ ।  चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो ।

काठमाडौं चक्रपथ सुधार योजनाले उक्त सडक खण्डको विभिन्न भागमा ती पुलहरु बनाउन लागेको जनाएको छ ।

सो योजनाका इन्जिनियर निरञ्जन शर्माले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना र सानेपामा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकमा पुल बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्