सुनको मूल्यले सुक्रबार पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,२ कात्तिक । शुक्रबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य तोला २००० हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्यले निरन्तर एकपछि अर्को रेकर्डलाई ब्रेक गर्दै आज नयाँ उचाई बनाएको हो ।

त्यस्तै, आज चाँदी मूल्य तोलामा ३० रुपैयाँले बढेर तोलाको एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्