भारतीय प्रधानमन्त्री मोदीले गरे मुक्तिनाथमा पूजा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन्। शनिबार बिहान काठमाडौंबाट मुक्तिनाथ गएका मोदीले करिब २० मिनेट लगाएर विशेष पूजा गरेका हुन्।

मन्दिरका प्रमुख पुजारी कृष्णप्रसाद सुवेदीको सहयोगमा मोदीले पूजा गरेका थिए।

विशेष पूजाअर्चनापछि उनले मुक्तिनाथ मन्दिर परिसरमा रहेका १ सय ८ धाराहरुको अवलोकन तथा जलसेचन गरेका थिए। सो क्रममा मोदीलाई पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले मूक्तिनाथ क्षेत्रको विशेष शालग्राम उपहारस्वरुप प्रदान गरेका थिए।

पूजा अर्चनापश्चात् मन्दिरबाट फर्किने क्रममा उनले त्यहाँ उपस्थित स्थानीयहरुको पनि सम्मान ग्रहण गर्दै सामुहिक फोटो खिचाएका थिए।

प्रधानमन्त्री मोदी मुक्तिनाथबाट काठमाडौंका लागि प्रश्थान गरेका छन्। काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उत्रिएपछि उनी सोझै पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि जाने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्