सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, कति रुपैयाँ तिर्नु पर्छ एक तोला सुन किन्न ?

काठमाडौं, १ कार्तिक । हप्ताको पाँचौं दिन बिहिवार सुनको मूल्य हाल सम्मकै उच्च तहमा पुगेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुुनको मूल्य प्रति तोला एक लाख ६२ हजार ४०० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थीर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्