भारतीय प्रमकाे अाेहाेरदाेहाेरकाे, आजको सवारी रुट यस्तो छ !

काठमाडौं  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ओहोरदोहोर गर्ने बेला आज पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यातायात प्रभावित हुने भएको छ ।

बिहान मोदी मुुक्तिनाथ जाने बेला बौद्ध, चाबहिल, एयरपोर्ट लगायतका सडकमा गाडी चलाउन रोक लगाइएको थियो । मोदी मुक्तिनाथबाट काठमाडौं फर्किएलगत्तै बिहान १० बजेपछि पनि चाबहिल, गौशाला, एयरपोर्ट लगायतका ठाउँमा यातायात प्रभावित हुनेछन् ।

त्यस्तै दिउँसो पौने ३ बजे काठमाडौ महानगरपालिकाले गर्ने नागरिक अभिनन्दन कार्यक्रममा उहाँ सहभागी हुनेबेला रत्नपार्क, भृकुटीमण्डप, जमल, लैनचौर, महाराजगंज, चाबहिललगायतका सडकमा गाडी प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै बेलुका ४ बजे मोदी स्वदेश फर्कने समयमा भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्टलगायतका सडकमा पनि गाडी प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्