पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, ३० असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा रु एक सय ५८ रुपैयाँ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत आठ डिपोहरु चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत दुई डिपो सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत चार डिपोहरु काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।

लवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत दुई डिपो सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत चार डिपोहरु काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्