सुनको मूल्यले बनायो पुन: नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ,३० असोज । हप्ताको चौंथो दिन सुन र चाँदी दुबै मूल्य धातुको बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँ कायम भइकारोबार भइरहेको छ । सुनको यो मूल्य हालस्ममकै उच्च हो ।

त्यस्तै, आज चाँदी तोला २५ रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्