अब सुनचाँदी धितोमा अधिकतम ५० लाख मात्रै कर्जामा दिन पाइने

काठमाडौं,२३ असोज । सुनचाँदी धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो ।

साथै, परिपत्र जारी गर्नु अघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने केन्द्रीय बैंकले २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्