सुन भाउ निरन्तर घट्दै, चौंथौं दिन पनि घट्यो तोलामा १०००

काठमाडौं,२३ असोज । सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ । हप्ताको पहिलो दिनदेखि घट्दै आएको सुनको भाउ बुधबार पनि तोलामा १००० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ कायम भइमा खरिदबिक्री भइरहेको छ ।

त्यसैगरी, आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइ कारोबार भइरहेको महासँघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्