सुनको भाउ निरन्तर घट्दै, तेस्रो दिन पनि घट्यो

काठमाडौं,२२ असोज । सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ । हप्ताको पहिलो दिनदेखि घट्दै आएको सुनको भाउ मंगलबार पनि तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँ कायम भइमा खरिदबिक्री भइरहेको छ ।
त्यसैगरी, आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ९४० रुपैयाँमा खरिदबिक्री भइ कारोबार भइरहेको महासँघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्