भारतीय प्रधानमन्त्री मोदीलाई १९ तोपको सलामीसहित गार्ड अफ् अनर प्रदान

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टुँडिखेलमा गार्ड अफ् अनर प्रदान गरिएको छ । जनकपुरबाट काठमाडौं आएपछि मोदीलाई नेपाली सेनाले १९ तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरको हो ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई स्वागत गर्नु भएको थियो । समारोहमा प्रधानमन्त्री ओली, रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, प्रधान सेनापति राजेन्द्र क्षेत्रीसहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु सहभागी हुनु भएको थियो ।

यसअघि विशिष्ट पाहुनाहरुलाई विमानस्थलमा नै गार्ड अफ् अनर दिने चलन थियो । टुँडिखेलमा गार्ड अफ् अनर दिइएको यो पहिलो पटक भने होइन । गएको फागुनमा पाकिस्तानी प्रधानमन्त्री खकान अब्बासीलाई पहिलोपटक टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो ।

विमानस्थलमै टुँडिखेलमा अफ अनर दिँदा प्रधानमन्त्री पाहुनालाई स्वागत गर्न विमानस्थलमै पुग्ने भनेर नकारात्मक चर्चा हुन थालेपछि टुँडिखेलमा गार्ड अफ् अनर प्रदान गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्