सुन चाँदीको मूल्य सामान्य घट्यो

काठमाडौं,२१ असोज । सोमबार सुन र चाँदीको दुबै धातुको मूल्य सामान्य घटेको हो । सुन तोलामा ५०० रुपैयाँ र चाँदी तोलाको ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्