प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगे, औपचारिक कार्यक्रम सुरु

काठमाडौं । दुइदिने राजकीय भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । मोदी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको २ दिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका हुन् ।

एयर इन्डियाको विमानबाट जनकपुर विमानस्थलमा उत्रिएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरेका थिए ।

मोदीले अहिले केहीबेरमा जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने तय भएको छ ।
्रप्रधानमन्त्री मोदी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।
होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।

आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमनत्री मोदी भोली बिहान मुक्तीनाथ जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्