सुनको भाउ सामान्य घट्यो, चाँदीको मूल्यले भने हालसम्मकै उच्च रेकर्ड बनायो

काठमाडौं,२० असोज । आइतबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको मूल्यले उच्च रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यसैगरि चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगी नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्