बजार अनुगमन मोबाइल फुड ल्याब भ्यानबाट सुरु, प्राथमिकतामा डेरी

काठमाडौं, १८ असोज। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार निरीक्षण अनुगमनलाई बढाएको छ ।

सोही क्रममा विभागले काठमाडौं उपत्यका भित्रका दुग्ध केन्द्र र डेरीमा अनुगमन गरिएको छ ।

बिहीबार काभ्रे डेरीको अनुगमन गर्दा सरसफाइको अवस्था सामान्य रहेको र प्रशोधित दूघ र घिउमा कुनै कैफियत नदेखिएको विभागले उल्लेख गरेको छ ।

बिहीबार नै एबी टिपिकल थकालीको पनि अनुगमन गरिएको थियो ।

सो क्रममा बेकरी सर्टेनिङमा कैफियत देखिएको भन्दै विभागले सो प्रयोग नगर्न निर्देशन दिएको छ ।

बिहीबार नै पेप्सीकोलाका गोलोक डेरी र अनुप डेरीमा गरिएको अनुगमनबाट कुनै कैफियत नभेटिएको विभागले जनाएको छ ।

सोही स्थानको सूर्यमुखी डेरीमा गरिएको निरिक्षणबाट भने दूधमा कैफियत देखिएपछि विस्तृत परीक्षणका लागि नमुना प्रयोगशालामा पठाइएको विभागले जनाएको छ ।

विभागले १६ असोजदेखि मोबाइल खाद्य प्रयोगशाखाबाट बजार अनुगमन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्