सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा गरेको नाकाबन्दीलाई स्मरण गरेका छन् ।
सामाजिक सञ्जालमा नाकाबन्दीका समयमा नेपालीले भेग्नुपरेका सास्तीको फोटो पोस्ट गरिएको छ ।
इन्टरनेट प्रयोगकर्ताहरुले दिल्लीले त्यतिबेला गरेको नाकाबन्दीलाई अपराधिक कार्य भनेका छन् ।
ट्विटरमा ब्लकेड वाज क्राइम मिस्टर मोदी ह्यास ट्याग दुई दिनसम्म ट्रन्डिङमा आएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्