नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिदबिक्री सम्झौता हुँदै

काठमाडौं,१७ असोज । आज नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिदबिक्री सम्झौता हुँदैछ । बंगलादेशलाई ४० मेगावाट बिजुली खरिदबिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौता हुन लगेको हो । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच सम्झौता हुने भएको छ ।

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बुधबार काठमाडौंमा सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो । सुनकोशी–३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुर्याउने सुनिश्चितताका लागि भारत सरकारलाई अनुरोध गर्ने निर्णय समेत बैंठकमा भएको छ ।

नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने पनि सहमति भएको छ । साथै, नेपालको जलविद्युत् क्षेत्रमा लगानीको प्रवद्र्धन गर्न बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाको खोजी गर्ने विषयमा पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्